जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड

JANAKALYAN SAVING & CREDIT CO-OPERATIVE LTD

Flag

हाम्रो ईतिहास

विश्वको पहिलो सहकारी बेलायतको म्यान्चेष्टर शहरमा थापना गरिएको थियो । सहकारीहरुको  स्थापना बेलायतमा भएको क्रान्तिका कारण , समाजमा भएको उथलपुथलले गर्दा भएको थियो । श्रमिकहरुले दिनरात काम गरेतापनि खाना ,स्वास्थ्य र आवाश आदिको अत्यन्तै दयनिय अवस्था थियो । मानिसमा धुम्रपान र मद्यपान गर्ने कुलतले गर्दा एकआपसमा लडाई झगडा गर्नु सामान्य घटना हुने गर्दथ्यो । गाउँका अधिकांश मानिस शहरमा काम गर्नकालागि जाने गर्दथे । गाउँमा खेतिपाति भएपनि जीवन धान्न निकै धौधौ पर्दथ्यो त्यसो हुनाले उनिहरुको कृषि प्रति आकर्षण घट्दै गैरहेको थियो ।
बेलायतमा तत्कालीन जनताको जीवनस्तरमा सुधार ल्याउन रोवर्ट ओएन आधुनिक सहकारीका कल्पनाकार अथवा जन्मदाताका रुपमा लिने गरिन्छ । सन् १७७१ मा गरिब परिवारमा जन्मिएका रोवट ओएनले धनि परिवारकी एक्लि छोरी संग विहे गरेका कारण एक मिल खारखानाका विजनेस म्यानेजर भए । उन्ले आफ्नो सम्पति समाजमा भएका गरिबहरुको अवस्था सुधार गर्ने अभियान चलाउदा चलाउदै सिध्याएका थिए । धेरै खाले प्रयास पछि यिनले ठाने तत्काल ज्याला बढाउन सम्भव नभए पनि मिलेर काम गरे आफ्नो आनिवानिमा सुधार गरी खर्च घटाउन सकिन्छ भनेर सहकारी अवधारणाको व्यवहारिक प्रयोग गरे । अनुभवको कमि , व्यवहारिक शिक्षाको खाँचो , विश्वासको कमि , उधारो र बजार मुल्य भन्दा कममा बिक्रि आदिका कारण यो अभियान सफल हुन सकेन तैपनि यो असफलताले उन्का अनुयायीहरुले शिक्षा प्राप्त गरे । सन् १८४३ मा रोवट ओएनका अनुयायीहरुले हरेस नमानि २८ जना कामदार चार्टिष्ट हलमा भेला भएर उनिहरुले के निर्णय गरे भने सबैभन्दा पहिला आफैलाई सुधार गर्नु पर्दछ र हप्तामा केहि न केहि भएपनि बचत गर्नु पर्दछ भनि एक÷एक पाउण्डको बचत गरे । बचत गरेको रकमले उपभोक्ता खाद्यान्न सामानको भण्डार सञ्चालन गरे । यस बाट उनिहरुले केहि नियम पनि बनाए जस्तै , उधारो विक्रि नगर्ने, बजार मुल्यमा विक्रि गर्ने , सबैले विश्वास गर्ने र विश्वास भएकालाई मात्र सदस्य बनाउने र स्वयंसेवकको रुपमा आलोपालो गरी काम गर्ने ।

सन् १८४४ , अक्टोवर २४ का दिन रोचडेल भन्ने स्थानका व्यक्तिहरुले आफुलाई अग्रदुतका रुपमा प्रस्तुत गरे र साच्चिकै अग्रदुतको रुपमा काम गरे । यिनिहरुले एक वर्ष पुग्दानपुग्दै यो पसलले राम्रो नाफा कमाउन सफल भयो र सदस्यको मन जित्ज पनि सफल भयो । जस्ले गर्दा यो संस्थाले अहिले पनि बेलायतमा राम्रो कारोबार गरिरहेको छ ।
यसै गरी सन् १८४८ मा जर्मनीमा जनताको बैंक स्थापना गरेर अनिकाल र भोकमारीमा परेका ग्रामिण किसानहरुलाई ऋण उपलब्ध गराउने कार्यमा रैफिसनको नेतृत्वमा बचत तथा ऋण सहकारी अभियान सुरु भयो । यसरी बेलायत र जर्मनीबाट एउटै दशक भित्र प्रारम्भ भएको सहकारी आन्दोलनका रुपमा संसारभर फैलियो ।

नेपालमा हुने वि.सं. २०१० सालमा कृषि मन्त्रालय अन्र्तगत सहकारी विभागको स्थापना भएपछि मात्र सहकारीको अवधारणाले प्रवेश पायो । वि.सं. २०१३ चैत्र २० गते नेपालको पहिलो सहकारी संस्थाको रुपमा चितवनमा “बखान सहकारी ”को रुपमा स्थापना भयो । वि.सं. २०१६ सालमा सहकारी संस्था ऐन जारी भएको थियो । वि.सं. २०१९ सालमा सहकारी प्रशिक्षण केन्द्र को स्थापना भयो । वि. सं. २०३३ सालमा सरकारले साझा कार्यक्रम ल्यायो । वि.सं. २०३५ सालमा , “ साझा संस्था प्रकाशन तथा आर्थिक नियम ” जारी गर्यो । साझा केन्द्रीय कार्यालयलाई वि.सं २०४८ सालमा राष्टिूय सहकारी विकास वोर्डमा परिणत गरियो । वि.सं २०४८ सालमा सहकारी ऐन र वि.सं २०५० सालमा सहकारी नियमावली २०४९ जारी गरियो । त्यसपछि मात्र राष्टिय रुपमा सहकारी संस्थाहरुको स्थापना हुने क्रम बढ्यो ।
नेपालमा सहकारी ऐन २०४८ ले सहकारी भनेको साना पुँजी भएका मजदुर , किसान , साना व्यवसायिहरुको सामुहिक प्रयास हो भन्ने कुरामा जोड दिएको छ । नेपाली बृहत् शब्द कोषमा सहकारी संस्था भन्नाले मजदुर , किसान , साना पूँजी भएका व्यवसायि वा उपभोक्ताहरुले साझा रुपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पुँजी तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ । नेपालमा सहकारी संस्थालाई हेर्ने दृष्टिकोण साघुरो छ । सहकारी साना हुन्छन् , कमजोर हुन्छन् , दक्ष जनशक्ति हुदैनन् , उच्च प्रविधिको प्रयोग गर्न सक्दैनन् , राजनिति गर्ने थलोको रुपमा विकाश गरेको हुन्छन् , पारदर्शिता हुदैन , पारिवारिक तथा व्यक्तिगत स्वार्थमा लागेका हुन्छन् भन्ने जस्ता आरोपहरु लाग्ने गर्दछ । केहि संस्थाहरुमा विकृतिहरु पनि देखिएका छन । हाम्रो संस्थालाई हामि आफैले सुधार गर्न सक्नुपर्दछ । सहकारीलाई संस्थागत बनाउदै जानु पर्दछ । संस्था व्यक्तिले होईन नीति र नियमले चलाउनु पर्दछ । हाम्रा भन्दा राम्रा कर्मचारीहरुको छनौट गर्नुपर्दछ । हामिले सहकारीलाई नाफा कमाउने उद्देश्यले मात्र प्रेरित नगराई सदस्यहरुको सेवा र आर्थिक उन्नतिको पाटो अवलम्वन गर्न सक्नु पर्दछ । सदस्यहरुलाई दक्ष प्राविधिकबाट तालिम गराएर समाजलाई आर्थिक उन्नतिको पाटो तर्फ लैजान अग्रसर हुने मनोभावनाको विकाश गराउन सक्नुपर्दछ । आर्थिक विकासको बलियो सम्भावना रहेका कृषि , जल र पर्यटन क्षेत्रमा सहकरीले महत्वपूर्ण भुमिका खेलेको हुनुपर्दछ । कृषिमा आधुनिकिकरण , उच्च प्रविधिको बिउ विजन , आवश्यक पर्ने मल , अत्याधुनिक उपकरणहरु उपलब्ध गराई सिंचाईको उचित प्रवन्ध मिलाई बढि भन्दा बढि उत्पादन गरी उत्पादित बस्तुलाई  बजार सम्म पुर्याई उच्चतम् मुल्यमा बिक्रि गर्ने वातावरण मिलाउनु , उत्पादित सामानको भण्डारन गर्ने व्यवस्था समेत मिलाउन सक्नुपर्दछ  अनि मात्र कृषि क्षेत्रले फड्को मार्न सक्दछ ।

साना जलविद्युत् आयोजनाहरुमा लगानी गरी समाजलाई लोडसेडिङ्ग मुक्त गराउन पनि सहकारीहरुले आफ्नो भुमिकामा कमि हुन दिनुहुदैन । विभिन्न मठ मन्दिर, सिमसार क्षेत्र , सर्वोच्च शिखरहरु , ताल तलाउहरु आदि क्षेत्रको उचित संरक्षण र सम्बर्धन गरी बढि भन्दा बढि आन्तरिक र वाह्य पर्यटकहरु भित्र्याउन सहकारीहरुले अहंम भुमिका खेलेको हुनुपर्दछ ।
सहकारीलाई बचत गर्ने , ऋण लगानी गर्ने र नाफा कमाउने जस्ता सिमित उद्देश्य मात्र प्रेरित नगराई वृहत सोच र उद्देश्य लिएर अघि बढाउनु पर्दछ । सहकारी भनेको नै सहकार्य गरेर जाने हो भन्ने बुझ्नु पर्दछ । यस्तो साहारा विशेष गरेर कमजोर मानिसका लागी आवश्यकता पर्दछ । कमजोर भन्नाले सीप , सामाजिक पहुँच , उत्पादन तथा आम्दानिको श्रोत कमजोर भएको वर्गलाई ठान्नु पर्दछ । एउटा कमजोर अवस्थाको मानिस आफु एक्लैको प्रयासले जति काम गर्न सक्छ त्यस्को बदलामा अरु संग मिलेर काम गर्दा , अरुको सहयोग र साहारा पाउदा एक्लै गरे भन्दा धेरै गर्न सक्दछ । त्यस्को फाईदा स्वभाविक रुपमा उसैले पाउँदछ । त्यसपछिको उस्को कर्तव्य हुन आउछ की उ आफु जस्तै कमजोर व्यक्ति  , परिवार वा समुदायको लागि पनि काम गर्न प्ररित गरोस त्यसको लागि शसक्त माध्यम भनेकैै सहकारी हो । सामाजिक रुपान्तरणको काममा विभिन्न एन. जी. वो. ÷आई.एन. जी.वो. हरु पनि सक्रिय रुपमा लागेका छन तर किन सहकारी नै हुनु पर्यो भन्ने पनि लाग्न सक्दछ । सहकारी संस्था मुलत व्यवसायिक संस्था हो । यस्ले आफ्ना सदस्यहरुलाई आवश्यकताका आधारमा तालिम दिने ,व्यवसाय गर्न प्रेरित गर्दछ , व्यवसायको संरक्षण गर्दछ , अनावश्यक प्रतिषपर्धाबाट सुरक्षा प्रदान गर्दछ , अरुको शोषणबाट मुक्ति दिलाउछ । सहकारी संस्था सदस्यहरुले आफ्ने उन्नतिका लागी गठन गर्ने भएकोले नियम कानूनको अधिनमा रही आफै नियम बनाउने , प्रजातान्त्रिक बिधिबाट सञ्चालन गर्ने , सदस्यहरुलाई आवश्यकता अनुुसार तालिम सञ्चालन गर्ने जस्ता महत्वपूर्ण काम गर्ने भएकोले नै अरु भन्दा भिन्न र स्वतन्त्र हुने गर्दछ ।

यसरी सरसर्ती हेर्दा राष्टू , समाज र व्यक्तिको  विकासको लागि सहकारीले अहंम भूमिका खेलेको हुन्छ । त्यसकारण यसलाई राज्यले पनि उचित सम्मान , सुविधा , संरक्षण गर्नका लागी सहकारी मुलक नीति नियम तथा ऐन कानून बनाउनु पर्दछ ।
जय जनकल्याण
जय सहकारी